जनताको कामलाई प्राथामिकता दिऔँ : मन्त्री श्रेष्ठ

काठमाडौं, १८ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आँबुखैरेनी तनहुँले शुक्रबार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्याङ्कन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए ।

हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरे । कसलाई मत दिएर जिताउने भन्ने महत्वपूर्ण अभिभारा जनता नै रहेको उनले बताए ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । गठबन्धनको तालमेल बाँकी नै रहेकोले कुन पार्टीसँग गठबन्धन हुन्छ त्यसपछि मात्रै चुनावी माहोलले मोड लिने उनको भनाइ थियो । रासस

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै