गैँडाकोटमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

गैँडाकोट, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले शनिबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट-गैँडाकोट सम्पर्क मञ्चले आयोजना गरेको भेलामा स्थानिय तहको निर्वाचन नजिकिएसंगै पार्टीको बर्तमान अवस्था र निर्वाचनमा पार्टी के कसरी बलियो बनाउने बारेमा छलफल भएको थियो ।

सो अवसरमा नेकपा एमाले वागमती प्रदेश सदस्य सहदेव लकान्द्री, नेकपा एमाले तनहुँ जिल्ला सचिवालय सदस्य दुर्गा बहादुर थापा, नेकपा एमाले तनहुँ तनहुँ जिल्ला सदस्य शिवराज पौडेल, नेकपा एमाले देवघाट गाँउपालिका अध्यक्ष केशवचन्द्र न्यौपाने प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य हिमालदेव पंगेनी लगायतले पार्टिलाई जिताउन सबैले प्रतिवद्धता जनाउन आग्रह गर्नुभएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ