चितवन, चैत २० । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने निर्णय गरेको छ । आइतबार नारायणढमा बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर नछाड्ने तर अन्य दलसंग भने गठबन्धन गर्ने निर्णय गरेको हो ।
प्रमुखमा कांग्रेसले उम्मेद्वारी दिएर उपप्रमुख र अन्य सदस्यहरुमा तालमेल गर्न सकिने जिल्ला सभापति राजेश्वर खनालले बताए ।
जिल्लामा रहेका ७ वटा पालिकाहरुमा छुट्टाछुट्टै संयन्त्र निर्माण गरि तालमेल प्रक्रियालाई अघि बढाइने उनको भनाई थियो ।