प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत पुगेका थिए । भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । आइतबार विहान नयाँदिल्लीबाट बनारस गएका देउवाले काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गर्नुका साथै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरेका छन् । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौतासमेत भएको छ । जसमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट