Search
Close this search box.

सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि

काठमाडौं, २० चैत । सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाउन भने पनि १५ प्रतिशतले भाडा वृद्धि भएको देखिन्छ ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

नारायणगढ–कावासोतीको भाडा अब ९६ रुपैयाँ भएको छ । यस्तै, नारायणगढदेखि भैरहवासम्मका भाडा ३८०, नारायणगढ–बेसीसहरको भाडा ३२८ तोकिएको छ । पोखरादेखि नारायणगढसम्मको भाडा ३६९ भएको छ । विराटनगर–नारायणगढको भाडा एक हजार ४४, वीरगञ्ज नारायणगढको भाडा ३५२ र बुटवल–नारायणगढको भाडा ३१२ रुपैयाँ निर्धारण गरिएको छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान