Search
Close this search box.

कावासोतीका भूमिहीनद्वारा ‘नो पूर्जा नो भोट’ अभियान सञ्चालन

नवलपुर २२ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व)को कावासोती नगरपालिकाका भूमिहीन सुकुम्वासीहरुले आफूहरूले दशकौंदेखि कमाउदै आएको जग्गाको लालपूर्जा नपाएसम्म स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने अडान लिएका छन् ।

कावासोती- १ का भूमिहीन सुकुम्वासीहरुले निर्वाचनको मिती आउन अढाइमहिना मात्र वाँकी रहदाँ ‘नो पूर्जा नो भोट’ अभियान सुरु गरेका हुन् । पछिल्लो केही दिन देखि नै ‘नो पूर्जा नो भोट’ , ‘भु-राजनीति अन्त्य गर’ जस्ता नारा लेखिएका ब्यानर बोकेर दिनहुँ रुपमा आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार विभिन्न चोक तथा टोलहरुमा र्याली गरेका थिए ।

सबैजसो दलका नेताले निर्वाचनमा जग्गाधनी पूर्जा दिन्छौं भन्दै भोट मागे पनि दशकौंसम्म पनि जग्गाधनी पूर्जा नपाएपछि संयुक्त आवाज उठाएको उनीहरुले बताएका छन् । उनीहरुले आफ्नो टोलमा भोट माग्न आउने सबै दलका नेता र उम्मेदवारलाई पहिला जग्गाधनी लालपूर्जा लिएपछि मात्रै भोट हाल्ने भन्दै दबाब दिएका हुन् ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान