पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पा, २३ चैत ।

पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । करिब रु ३० लाखको लागतमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेताले रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पु¥याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताउनुभयो । प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । सम्पूर्ण खेलाडीको रु दुई लाख बराबरको बीमासमेत आयोजकले गरेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ