सर्लाहीमा गोली हानी एक जनाको हत्या

सर्लाही २३, चैत । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ ।

बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै