नगर भित्रका सबै नागरिकको समान हैसियत बनाउन लागिपरेका छौँः नगरप्रमुख राना

नवलपुर, २४ चैत ।

नवलपुरको मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले नगरभित्रका सबै नागरिकको समान हैसियत बनाउन आफूहरु लागिपरेको बताउनु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ८ का दलित समुदायका लागि आयोजित नेतृत्व विकाश एवम् उद्घोषण कला तालिममा बोल्नुहुँदै नगरप्रमुख रानाले वर्ग, क्षेत्र र जातका आधारमा हुने विभेद अन्त्यका लागि मध्यविन्दु नगरपालिका सधैँ कृयाशील रहेको बताउनु भएको हो । समाजमा अझै पनि जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि सचेतनामूलक कार्यक्रमका साथै विभेदमा परेका समुदायको क्षमता अभिवृद्धिका लागि प्रत्यक वडाहरुमा कार्यक्रम गरिएको नगरप्रमुख रानाले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पर्शुराम महतोले वडाभित्रका सबै नागरिकको समान सहभागिताका लागि समान चेतना स्तर विकाश गर्नु आवश्यक रहेको बताउनुभयो । वडाका हरेक गतिविधिमा सवै समुदायको सहभागितामा वडा नम्बर ८ का कार्यहरु अगाडि बढेको वडाध्यक्ष महतोले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको आयोजना एवम् दलित समन्वय समिति मध्यविन्दु ८ को संयोजनमा सञ्चालित नेतृत्व विकाश एवम् उद्घोषण कला तालिममा करिव ४० जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट