एनसीसी बैंकको साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

काठमाडौँ, २४ चैत ।

नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंकले साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बिक्रीमा राखिएको संस्थापक सेयर खरिदका लागि बैंकले संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेको एक सुचना मार्फत जनाएको छ । यस्तै सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीलाई बैंकको काठमाडौंको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्न आग्रह गरिएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट