Search
Close this search box.

नागढुङ्गा–मुग्लिन सडकमा चौबिस नयाँ पुल निर्माण गरिने

काठमाडौँ , २५ चैत्र ।

नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुई–दुई लेनका पुल निर्माण गर्न लागिएको हो ।हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आबश्यक नभएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो । सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । उनले भने, “सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ ।”

पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई–दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सडक जत्तिकै चौडा पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

नागढुङ्गा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ ।

यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।रासस

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान