Search
Close this search box.

विकुको २२ औँ सेवाकेन्द्र भरतपुर ९ धारेचोकमा

गैँडाकोट, २५ चैत्र ।

चितवनको भरतपुरमा रहेको शरदगौरी बचत तथा ऋण सहकारी संस्था नवलपुरको गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग मर्ज भएको छ । मर्जपछि विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर ९ धारेचोकमा एकिकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवाकेन्द्रको शुक्रबार शुभारम्भ भएको हो । सेवाकेन्द्रको समुद्घाटन गर्दे भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा छरिएर रहेका पुँजीहरुलाई एकिकृत गरेर सञ्चालन गर्दै आएको सहकारीले भोलिका सेवाग्राहिलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताउनुभयो । साथै विकुले जुन उद्धेश्यले सेवा केन्द्र सञ्चालन गरेको छ त्यो उद्धेश्य प्राप्त गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

एक लाख सदस्य पु¥याएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पुँजी करिब २० अर्ब रुपैयाँ रहेको छ । सेवा केन्द्र उद्घाटनका क्रममा स्थानीय उद्योगी, व्यवसायी तथा सामाजिक अगुवाहरुले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान