नवलपुरमा नेकपा एमालेले चैत २९ भित्र उम्मेदवारको नाम जिल्लामा पठाउनुपर्ने

कावासोती । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको नामावली टुङ्गो लगाउन दलहरू लागि परेका छन् । नवलपुरमा नेकपा एमालेले चैत २९ गते भित्र पालिकाका मेयर , उप मेयर, अध्यक्ष र उपाध्यक्षको नामावली जिल्लामा पठाइसक्नुपर्ने बताएको छ । शुक्रबार बसको जिल्ला कमिटी बैठकले चैत २९ भित्र जिल्लामा नामावली पठाउन निर्देशन गरेको प्रचार प्रसार विभाग नवलपुरका संयोजक सागर पोख्रेलले बताउनुभयो । २९ गते भित्र सके सम्म सर्व सम्मत रुपमा उम्मेदवारको नाम नगर कमिटि र गाउँ कमिटिले जिल्ला कमिटिलाई पठाउन भनिएको उहाँले बताउनुभयो ।

यस्तै २७ गते भित्र वडा कमिटीले वडाका उम्मेद्वार छनोट गरि नगर कमिटी पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।बैठकले पालिका स्तरीय घोषणा पत्र र वडागत प्रतिवद्धता पत्र निर्माण गर्ने र प्रगतिशील बिचार भएका परिवर्तनकारी शक्तिहरू सग वार्ता गर्न कमिटी गठन गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला इन्चार्ज तिलक महत संयोजक रहने गरि केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी सहितको अनुगमन समिति गठन गरेको छ ।

बैठकले वैशाखा ९ गते कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर ज्येष्ठ कम्युनिष्ट नागरिक सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र, र जसपाबाट एमालेमा समायोजना भएका ७ जनालाई जिल्ला कमिटिमा राखि थप जिम्मेवारी प्रदान गरिएको छ ।

बैठक जिल्ला कमिटी अध्यक्ष मुक्तीराम पाण्डेको अध्यक्षता केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता , केन्द्रिय सदस्य एवं सह इन्चार्ज रविन्द्र अधिकारी , केन्द्रिय सदस्य कृष्ण पौडेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरू, प्रदेश कमिटी सदस्यहरूको उपस्थितमा भएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै