Search
Close this search box.

गैँडाकोटमा रामनवमी पर्व धुमधामसंग मनाइयो

गैँडाकोट, २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा चैत्र शुक्ल नवमीका दिन (आइतबार) भगवान श्रीरामको पूजाआजा र अखण्ड कृर्तन गरी रामनवमी पर्व धुमधामसंग मनाइएको छ । मर्यादा पुरुषोत्तमका नामले पनि चिनिने रामको जन्म दिनको सम्झनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिएको हो ।

गैँडाकोट नगरपालिका ६ रामघाटमा रहेको सिताराम मन्दिरमा पनि रामनवमीको दिन विशेष पुजाआजा गरिएको सिताराम मन्दिर तथा रामघाट क्षेत्रविकास समितीका अध्यक्ष थानेश्वर भुसालले बताउनुभयो । भुसालका अनुसार विसं २०५३ सालबाट यस स्थानमा सितारामको मन्दिर स्थापना गरि पुजाआराधना गरिदैँ आएको छ । विषेश गरेर रामनवमी र विवाह पञ्चमीको अवसरमा यस मन्दिरमा पुजाआराधना गर्ने गरिन्छ ।

गैँडाकोटको मौलाकालिका फेदीमा रहेको सिताराम सप्तऋषी भारध्वाज कंडेल आदि कुलदेवता मन्दिरमा पनि भक्तजनहरुले विहानैदेखी भगवान रामको सम्झनामा पुजाआराधना गरि रामनवमी पर्व मनाएका छन् । यस मन्दिर कंडेल थरको कुल मन्दिरको रुपमा स्थापित भएपनि रामनवमीको दिन सबै जातजाती तथा गोत्रका व्यक्तिले पुजा गरेर पर्व मनाएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष श्रीप्रकाश कंडेलले बताउनुभयो । यस मन्दिरमा सिताराम लगायत सप्तऋषीको पनि पुजा गरिने हुनाले सबै सम्प्रदायका व्यक्तिहरुले पुजा गर्ने गरेको अध्यक्ष कंडेल बताउनुहुन्छ । सो अवसरमा मन्दिरमा अखण्ड कृतन सञ्चालन र क्यालेण्डर विमोचन समेत गरिएको थियो ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन भगवान् विष्णुका १० अवतारमध्येका सातौं अवतारका रूपमा भगवान् रामले लिनुभएको हुनाले यस दिनलाई रामनवमीको रुपमा पुजा गर्ने गरिएको गैँडाकोट २ मा अवस्थित हरेराम हरेकृष्ण मन्दिरका पुरोहित विष्णुशरण पोख्रेलले बताउनुभयो । । नवमीको व्रत बसी रामको महिमा भएको ग्रन्थकोे पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास रहेको उहाँ बताउनुहुन्छ ।

समाजमा व्याप्त अन्याय र अत्याचारका निम्ति सुव्यवस्था कायम गर्न विष्णुले मच्छ, बराह, कुर्म, नृसिंह, वामन, राम, परशुराम, कृष्ण र बुद्धको अवतार लिइसकेको धर्म गन्थ्रमा उल्लेख छ ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान