गैँडाकोट-४ को वडाध्यक्षमा दिनेशराज न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

गैँडाकोट, २८ चैत । नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नम्वर ४ को वडाध्यक्षमा दिनेशराज न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आफ्नो वडामा रहेको विशेष गरेर भलको समस्या, ढलको समस्या र पानीको समस्यालाई समाधान गरी वडामा आमुल परिवर्तन ल्याउने उद्धेश्यले वडाध्यक्षमा आफुले उम्मेदवारी दिने निर्णय गरेको दिनेशराज न्यौपानेले बताउनुभयो ।

न्यौपानेले विगत ५ वर्ष अगाडिदेखी आफ्नो व्यवसायलाई पुर्णरुपमा छोडी पार्टीको लागि काम गर्दै आउनुभएको थियो । युवाले नै देश र समाजमा परिवर्तन ल्याउन सक्ने बताउँदै न्यौपानेले जनताले आफुलाई विजयी बनाउनेमा आफु विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो ।

नेकपा एमाले गैँडाकोट ४ को सोमबार बसेको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट