Search
Close this search box.

एमाले बौदीकालीद्धारा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारीस

डेढगाँउ ।

स्थानीय तहको निर्वाचनका लागि नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिकामा नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारीस गरेको छ । गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिल कुमारी सारुलाई सर्वसम्मत सिफारीस गरिएको हो ।

गाउँपालिका भित्रका केही वडामा समेत उम्मेदवारको नाम सर्वसम्मत सिफारीस गरिएको छ । जस अन्र्तगत वडा नम्बर १ मिथुकरममा अनिल थापा, वडा नम्बर २ डेढगाउँमा श्यामसुन्दर श्रेष्ठ, वडा नम्बर ४ रुचाङमा मोहन थापा, वडा नम्बर ५ बबकमा खिम बहादुर थापा खरु वडा अध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको छ ।

वडा नम्बर ३ रकुवा र वडा नम्बर ६ नरमको छलफल भईरहेको र यी दुई वडाको छनोट भएपछि आगामी बैठकमा सर्वसम्मत नाम सिफारिस गरिने नेकपा एमाले बौदीकाली गाउँपालिकाले जनाएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान