चितवन, २ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार भरतपुरमा शक्ति प्रदर्शन गरिरहेको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा हजारौं जनता उत्साहजनक सहभागिता देखिएको छ । केन्द्रीय बस ट्रमिनलमा आमसभामा भैरहेको अध्यक्ष रुद्रप्रसाद ढकालले बताउनु भयो । राप्रपाको जनसभास्थल बसपार्क माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।
आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा कार्यक्रममा उपस्थीत छन् ।