भोट दिने कुरा छोरी दिनेभन्दा पनि ठूलो हो : अध्यक्ष लिङ्देन

भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भोट दिने कुरा छोरी दिनेभन्दा पनि ठूलो भएको बताउनु भएको छ । राप्रपाले शुक्रबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भोट दिँदा हजारचोटि सोचेर दिनुपर्ने बताउनु भयो । भोट दिने कुरा छोरी दिनेभन्दा पनि ठूलो भएको भन्दै उहाँले आज जनताले जे दुःख पाइरहेका छन्, त्यो गएको चुनावमा ठिक मान्छेलाई चुन्न नसकेर दुःख पाएको बताउनु भयो ।

गरिबीको अन्त्य गर्ने, बेरोजगारीको अन्त्य गर्ने राजनीतिले हो भन्दै उहाँले ठिक पार्टी र ठिक नेता नचुनेसम्म गरिबीको अन्त्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो, “ मेरै निर्वाचन क्षेत्रका कैयौँ गाउँहरुमा पाँच वर्षअघि कालोपत्रे हेर्न बिहार जानुपथ्र्यो । मज्जाले पानी प¥यो भने एम्बुलेन्स पनि चल्न नसक्ने अवस्था थियो । आज तपाइँहरुका पनि कैयौँ त्यस्ता कुरा होलान् । आज हामीले एक बोरा युरिया नपाएर भाग्यलाई सराप्छौँ । भाग्यमा दोष भएर यो दुःख पाएको होइन । गएको चुनावमा ठिक मान्छेलाई चुन्न नसकेर यो दुःख पाएका हौँ ।”

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट