Search
Close this search box.

रुसी रक्षामन्त्रीलाई ‘हार्टअट्याक’

काठमाडौं, ३ बैशाख ।
रुसका रक्षामन्त्री सर्गेई सोइगुलाई हृदयघात भएको खुलेको छ । ६६ वर्षीय नेता सर्गेई सोइगुलाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहे गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हाल सघन उपचार कक्षमा राखेर उपचार गरिदै आएको जनाइएको छ । एक ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘सोइगु अहिले जीवन मरणको दोसाँधमा छन् । बाँचे भने उनी असक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो । प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ। ’ती व्यपारी रुसी राष्ट्रपति भ्लादमिर पुटिनको बिरोधी भएकोले स्वतन्त्र पुष्टि भने भएको छैन । यद्यपि विभिन्न सञ्चार माध्यमहरुले भने यस भनाइप्रति विश्वास गर्न सकिने तर्कहरु प्रस्तुत गरेका छन् । ती व्यपारीले रक्षामन्त्रीलाई अस्वभाविक हृदयघात भएको दावी गरिरहेका छन् ।

रक्षामन्त्रीलाई हृदयघात भएको समाचारहरु बाहिर आएपनि कहिले भएको भन्ने खुलाइएको छैन । यसबारे रुसले आधिकारिक रुपमा जानकारी बाहिर ल्याएको छैन ।

२४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले परिस्थितीलाई सहज भने मानेका छैनन ।

उनीहरुले युक्रेनबिरुद्ध रणनीति परिवर्तन गर्न भने सकिरहेका छैनन । रुसी रक्षामन्त्रीको त्यो अवस्थाले पनि रुसी सैनिकहरुमा त्यो सकस परेको हुन सक्ने अनुमान गर्ने ठाउँ प्रशस्तै रहेका छन् ।

यसका साथै युक्रेनले रुसमाथि प्रतिकार गर्न सफल भएको र १५ हजारभन्दा बढी रुसी सेनाको ज्यान लिन सफल भएको दावी गर्दै आएको छ । एजेन्सी

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीको जित

चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युटको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग

जयश्री बनमा भिम बहादुर कुमालको नेतृत्व

बिश्व एड्स दिवसको विशेष अवसर पारेर रत्नराज्य लक्ष्मी माबि पितौजीमा सचेतनामुलक नाटक प्रस्तुत

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु