नवलपुर, ४ वैशाख । कावासोती नगरपालिकाको वडा नं ६ का सुकुम्बासीहरुले नो लालपूर्जा, नो भोट भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार कावासोतीमा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
आफूहरूले दशकौंदेखि कमाउँदै आएको जग्गाको पूर्जा नपाएसम्म स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने उनीहरुको अडान छ । सुकुम्बासीहरुले प्रगतिचोकदेखि विभिन्न चोक तथा टोलहरुमा ब्यानरसहितको जुलुस निकालेका छन् ।
सबैजसो दलका नेताले निर्वाचनमा जग्गाधनी पूर्जा दिन्छौं भन्दै भोट मागे पनि दशकौंसम्म पूर्जा नपाएको भन्दै सुकुम्बासीहरुले यसपटक लालपूर्जा हात नपरेसम्म मतदान नगर्ने बताउँदै आएका छन् ।