Search
Close this search box.

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, जनक मावि तनावग्रस्त

गैँडाकोट, ४ वैशाख । गैँडाकोट नगरपालिका–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयका शिक्षकले १२ कक्षामा अध्ययनरत एक जना छात्रालाई अश्लील भिडियो देखाई यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसर तनावग्रस्त बनेको छ ।

आइतबार बिहान आरोपित शिक्षक र पीडित भनिएकी छात्रासहित विद्यालयमा छलफल चलिरहेका बेला शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । ती विद्यार्थीले ना २४ प ६६१५ र प्र ३०३००२ प २७७६ नम्बरको मोटरसाइकल जलाइदिएका छन् ।

विद्यालय तनावग्रस्त बनेपछि विद्यार्थीलाई घर पठाइएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु भने आन्दोलनरत छन् । उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले बताएका छन् । स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास छोडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार गएको चैत २८ गते बिहान विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले १२ कक्षामा अध्ययनरत ती छात्रालाई कम्प्युटर ल्याबमा लिएर गई अश्लील भिडियो देखाएको र यौन दुव्र्यवहार गरेका हुन् । सयौँको संख्यामा रहेका विद्यार्थीहरु नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यालयका प्रधानाध्यापक चुडामणि कँडेलले घटनाबारे आफूले चैत ३० गतेमात्र थाहा पाएको बताए । उनले भोलिपल्ट नयाँ वर्ष भएको र शुक्रबार पनि कार्यव्यस्तताले आफूले शिक्षक र विद्यार्थीलाई छलफलका लागि बोलाउन नसकेको बताए ।

आइतबार विद्यालयमा भएको छलफलमा सिसिटिभीको रेकर्ड हेरिरहेको बेला अकस्मात विद्यालयका विद्यार्थीहरुबाट आगजनी र ढुंगामुढा भएको प्रधानाध्यापक कँडेलले बताए । स्थिति तनावग्रस्त रहेको भन्दै उनले थप केही बोल्न चाहेनन् ।

यौन दुव्र्यवहार भनिएको घटनाबारे बुझ्न आरोपित शिक्षक र पीडित भनिएकी छात्रासँग प्रतिक्रिया लिन गरिएको फोन सम्पर्कको प्रयास सफल हुन सकेन । विद्यालय परिसरमा प्रहरीले शिक्षकलाई सुरक्षा घेरामा राखेका छन् । विद्यालयको परिवेश तनावमुक्त भइसकेको छैन ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान