जनक मावि प्रकरण : छात्राले दिइन् प्रहरीमा उजुरी

नवलपुर, ५ बैशाख । गैडांकोट नगरपालिका स्थित जनक नमूना माविका शिक्षक विरुद्ध एक छात्राले नवलपुर प्रहरीमा उजुरी दिएकी छिन ।

शिक्षकले आफुलाई यौन दुर्व्यवहार गरेको भन्दै कक्षा १२ मा अध्ययनरत छात्राले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उपस्थित भएर शिक्षक कपिल घिमिरेका विरुद्ध उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन ।

पाठकका अनुसार आरोपित शिक्षक विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर गरेको भन्दै पिडित छात्राको तर्फबाट उजुरी परेको हो

आईतबार विद्यालयमा पढाउने शिक्षक घिमिरले १७ वर्षीय विद्यार्थीलाई अश्लिल भिडियो देखाएर दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा गरेको प्रदर्शन चर्किदै गए पछि प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो भने आरोपित शिक्षक घिमिरेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

जनक कलेजको वार्षिक उत्सबका कार्यक्रम अन्तर्गत मंगलबार चम्चा दौड प्रतियोगिता हुँदै

आज देखि निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

आज कहाँ कहाँ पानी पर्दैछ ? जान्नुहोस्

जनक कलेजले वार्षिक उत्सब विविध कार्यक्रमहरु सहित मनाउँदै, सोमबार घैंटो फुटाई कार्यक्रम गर्दै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित

माडीमा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु