पाकिस्तानमा शहबाज सरिफको नेतृत्वमा नयाँ मन्त्रिपरिषद, सकियो सपथग्रहण

कराँची, ६ वैशाख । पाकिस्तानमा शहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ । सरिफको मन्त्रिपरिषदमा ३४ मन्त्री रहेका छन् । यसबाहेक तीन जना सल्लाहकार पनि राखिएका छन् ।

सिनेटका अध्यक्ष सादिक संजरानीले मन्त्रिपरिषद्का सबै सदस्यलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरूको विभाग बाँडफाँट हुन बाँकी छ । अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै प्रस्थान गरेका थिए । ३७ मन्त्रिपरिषद् सदस्यमध्ये ३० जना मन्त्री र चार राज्यमन्त्री छन् । यसबाहेक तीन सल्लाहकारले पनि सपथ लिएका छन् ।

मन्त्रिपरिषदमा मुस्लिम लिगका १२, पाकिस्तान पिपल्स पार्टीका ९ र अन्य १६ दलका गठबन्धनका सदस्य छन् ।

पाकिस्तानमा करिब १० दिनअघि इमरान खानको सरकार पतन भएको थियो । त्यसपछि गत हप्ता शहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेका हुन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै