आग्रह कृषि तथा गाई फर्मले भैँसाखोरीमा गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

गैँडाकोट, ७ बैशाख ।

श्री आग्रह कृषि तथा गाई फर्मले बुधबार गैँडाकोट नगरपालिका वडा नं. १० भैँसाखोरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको सम्मन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।नेपालको उत्कृष्ट फर्मको रुपमा छनोटमा परेको यस फर्मले अनुदानमा प्राप्त रकमबाट निर्माणका काम अगाडि बढाउँदै गर्दा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । विश्व बैंकको क्रण लगानी तथा कृषि मन्त्रालयमार्फत गरिने छनोटमा उत्कृष्ट फर्मको रुपमा आग्रह कृषि तथा गाई फर्म छनोटमा परेको अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो ।

छनोटमा परेसंगै यस फर्मले राज्यस्तरबाट अनुदानमा पाउने ४४ लाख रुपैयाँसहित ८८ लाख रुपैयाँ पूर्ण बजेटबाट गाईपालनका लागि संरचनाहरु निर्माण सुरु गरेको छ । यस रकममा ३९ प्रतिशत बैंक लोनमा र ११ प्रतिशत व्यक्तिको लगानी रहने श्रष्ठले बताउनु भयो । यस रकमबाट ३५ देखि ४० वटासम्म गाई राख्न सकिने गोठ, गोबर सुकाउने आधुनिक मेसिन जडान, वाल कम्पाउन्डिङ, स्टोर निर्माण, डिप बोरिङ लगायतका कामहरु सम्पन्न गरिने छन् । निर्माणको काम २०७९ साल मंसिर सम्ममा सम्पन्न गरिसक्नु पर्नेछ ।

 

गुणस्तरीय दूध उत्पादनको लागि गाईपालन भन्ने उद्देश्यका साथ यो फर्म २०६२ सालबाट सञ्चालनमा आएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा नं १० का अध्यक्ष देविदत्त कंडेलले गाई फर्ममा पर्ने गरेको अनुदानमा शंका नगर्न सर्वसाधारणलाई आग्रह गर्नु भयो । उहाँले नगरपालिकामा सञ्चालित फर्मको केन्द्र र प्रदेश मातहतबाट अनुसन्धान भएपछि मात्रै अनुदान पर्ने जानकारी गराउँदै यसमा शकां गर्नु पर्ने कुनै कारण नरहेको स्पष्ट पार्नु भयो ।कार्यक्रममा नेपाली काग्रेस वडा सभापति प्रेमलाल खरेल, नवज्योति दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष विमल राउत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण तुलसिराम भुषालले गर्नु भएको थियो भने कार्यक्रम गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै