भरतपुरमा शुक्रबारदेखि नेपाल फर्मा एक्स्पो, राष्ट्रपति भण्डारीबाट उद्घाटन हुँदै

भरतपुर, ८ वैशाख । नेपाल औषधी उत्पादक संघको आयोजनामा वैशाख ९ गते शुक्रबार भरतपुरमा नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदैछ । चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ११ गतेसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

एक्स्पोबारे जानकारी दिन बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एक्स्पोमा स्वदेशी ३७ वटा र बहुराष्ट्रिय १२३ वटा औषधि उत्पादक कम्पनी गरी कूल १६० वटा स्टल रहने छन् ।

एक्स्पो आयोजनाको उद्देश्य नेपालमा उत्पादन भइरहेका औषधी उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने रहेको संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनु भयो ।

एक्स्पोमा आवद्ध संस्थाहरुमा औषधी व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सील, नेपाल औषधी व्यावसायिक संघ, नेपाल औषधी थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसिएसन र नेपाल फार्मेसी संघ रहेका छन् ।

करिब ३० हजार दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको संघका महासचिव विप्लव अधिकारीले बताउनु भयो । एक्स्पो आयोजनामा एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट