युक्रेनका दर्जनौं सहरमा रुसको आक्रमण

रुसी फौजले युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । रुसी फौजले पश्चिमी सहर लभिभमा कम्तीमा ५ वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

लभिभका मेयर एन्ड्री साडोवीले रुसी सेनाबाट भएको आक्रमणमा १२ जना घाइते भएका पुष्टि गरे । यसअघि रुसले खर्किभ, किभ, खेर्सान र अन्य सहरमा आक्रमण गरेपछि हजारौं सर्वसाधारण परिवारसहित लभिभ पुगेका थिए । खर्किभ सहरका आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

रुसी फौजले मरिपोल सहरमा युक्रेनी सेनाले पु¥याएका सबै अवरोध ध्वस्त पारिदिने जनाएको छ । उक्त सहरमा तैनाथ युक्रेनी सेनालाई रुसले आत्मसमर्पणका लागि अन्तिम मौका दिएको थियो । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की तथा प्रधानमन्त्री डेनिस स्मिहलले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए ।

युक्रेनी फौजले पूर्वी सहर क्रेमिनामाथिको नियन्त्रण गुमाएको सीएनएनले उल्लेख गरेको छ । लुहान्स्क क्षेत्रको सहर त्रेमिनामा रुसी फौज निकै धेरै सैन्य उपकरण लिएर प्रवेश गरेका छन् । सहरमा निकै भयानक आक्रमण भएको युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले जनाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले ‘रुससँगको युद्ध अन्त्यका लागि देशको पूर्वी क्षेत्र त्याग्न नसकिने’ बताएका छन् । युक्रेनी सेना डोन्बास क्षेत्रमा रुसी फौजसँग लड्न तयार रहेको उनले बताए । रुसले भविष्यमा पनि किभ कब्जा गर्ने प्रयास गर्दैन भन्नेमा आफू विश्वस्त हुन नसकेको उनको भनाइ छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘पश्चिमा देशहरूले आत्मघाती गोल गरेको’ दाबी गरेका छन् । रुसमाथि लगाइएको प्रतिबन्धले पश्चिमा अर्थतन्त्र बिग्रँदै गएको’ उनको भनाइ छ । रुसी अर्थतन्त्रबारे बोल्दै पुटिनले भनेका छन्, ‘मुद्रास्फीति स्थिर छ । वस्तुको भाउ सामान्य छ ।’

फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध कैयौं प्रतिबन्ध लगाएका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै