गैँडाकोटमा सर्वदलीय बैठक : मित्रवत प्रतिष्पर्धामा जोड

गैँडाकोट, ९ बैशाख । बैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ताको विषयमा दलहरुसंग छलफल गर्न आयोजना गरिएको सर्वदलीय बैठक गैँडाकोट नगरपालिकामा सम्पन्न भएको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्ता र निर्वाचन आचारसंहिता सम्वन्धी जानकारी दिने उद्देश्यले गैँडाकोटकी निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको हो ।

बैठकमा दलका नेताहरुले निर्वाचनलाई मर्यादित ढंगबाट सम्पन्न गर्नुपर्ने भन्दै सबै दलहरु मित्रवत प्रतिष्पर्धा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले निर्वाचनको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

बैठकमा निर्वाचन अधिकृत मुनाकमीले मनोनयन दर्ता गर्दा आलोपालो मिलाएर भिड नगरी दर्ता गर्न अनुरोध गर्नुभएको थियो । उहाँले राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिता, उम्मेदवारी पत्र सहित पेश गर्नुपर्ने निस्साको विषयमा विस्तृतमा जानकारी दिनुभएको थियो । राजनीतिक दलका नेताहरुले बैशाख ११ र १२ गते हुने मनोनयन दर्ता कार्यक्रममा भिडभाड नहुने किसिमले पालो मिलाएर मनोनयन दर्ता गर्ने, आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

बैठकमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष षडानन्द लामिछाने, नेपाली कांग्रेस नगर समिति सभापति बद्री सापकोटा, नेकपा माओवादी (केन्द्र) का नगर सचिव श्यामसुन्दर लामिछाने, राष्ट्रिय जनमोर्चाका कृष्ण सापकोटा, राप्रपाका जित बहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका मोती वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ