गैँडाकोटका मेयर र उपमेयर सहित ५७ जनाले दिए राजीनामा

गैँडाकोट, ९ बैशाख । गैँडाकोट नगरपालिकाको मेयर र उपमेयर सहित ५७ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजीनामा दिनुपर्ने प्रावधान अनुसार शुक्रबार मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कंडेल सहित ५७ जनाले राजिनामा दिएका हुन् ।

गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष उनीहरुले राजीनामा पत्र पेश गरेका थिए । मेयर पौडेल र उपमेयर कंडेलले आफुहरुले प्रयोग गर्दै आएको आएको सवारीको चावी समेत अधिकृत पौडेल समक्ष बुझाएका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ