भरतपुर, ९ वैशाख । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएपछि असन्तुष्ट काँग्रेस नेता र कार्यकर्ताले शुक्रबार जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई नदिन कांग्रेस कार्यकताले सुरुदेखि दबाब दिँदै आएका थिए । तर पाँच दलीय गठबन्धनले चितवन महानगरको प्रमुख माओवादी केन्द्रले पाउने निर्णय गरेपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका छन्। कार्यकर्ताले विरोधसभा समेत गरेका छन् ।
विरोध कार्यक्रममा नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्यालले सम्बोधन गरेका थिए । उनीहरुले माओवादीलाई भरतपुरको मेयर दिने निर्णय सच्याउन आग्रह गरेका छन् ।