गैँडाकोट, ९ बैशाख ।
नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ । मध्यविन्दु नगरपालिकाको मेयर पदमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो । नेकपा एमाले नवलपुरले मध्यविन्दु नगरपालिकाको मेयर पदमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ ।
मध्यविन्दु नगरपालिकाको मेयर पदका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको हो । मध्यविन्दु–८ निवासी अधिकारी एमाले जिल्ला कमिटी सचिव हुनुहुन्छ । उहाँलाई पार्टी भित्र बैचारिक र कुशल संगठकको रुपमा लिने गरिन्छ ।