काठमाडौं, १० बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन उम्मेदवारको मनोनयन दर्ता हुनेछ । ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले यसै विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन बोलाएको छ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
आयोगले दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।