एमालेबाट भरतपुरको मेयरका उम्मेदवार विजय सुवेदीले सुरु गरे घरदैलो

भरतपुर, १३ वैशाख । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।

सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुन्। बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरको उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रचारप्रसारमा जुटेका हुन् ।

एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

महराका बाबुछोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न गृहमन्त्रीको अस्वीकार

गुडिरहेको बोलेरो जीपबाट खसेर लमजुङमा एक बालकको मृत्यु

अनलाईन एपमार्फत अनलाइन बेटिङ गराएर पैसा ठगी गरेको आरोपमा एक महिला पक्राउ

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

चितवनको टिकौली जंगलमा बस र जीप एक आपसमा ठोकिदा दुर्घटना, ३ घाईते

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारेमा प्रमुख दलका नेताहरुहरु बीच छलफल हुँदै