इच्छाकामना गाउँपालिकामा एमाले उम्मेदवार निर्विरोध

चितवन, १३ वैशाख । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बन्नुभएको छ ।

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताउनुभयो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट