नवलपुरमा १ हजार ५८६ जनाको मनोनयन दर्ता, कुन पालिकामा कति ?

गैँडाकोट, १३ वैशाख । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा १ हजार ५८६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बुलिङटार गाँउपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका र विनयी त्रिवेणी गाँउपालिकाबाट कुल १ हजार ५८६ जनाले मनोनयन दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदका कुल ४० जना, गाँउपालिका अध्यक्षमा २४ जना, उपमेयर पदमा २८ जना र गाँउपालिकाको उपाध्यक्ष पदमा १९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । कार्यालयमा वडाध्यक्ष पदमा ३५४ जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सदस्यमा २६२ जना, दलित महिला सदस्यमा २३५ जना र सदस्यमा ६०७ जना गरि कुल १ हजार ५६९ जनाको मनोनयन दर्ता भएको तथ्यांकमा उल्लेख छ ।

गैँडाकोट नगरपालिकामा मेयरमा ६ जना, उपमेयरमा ६ जना, वडाध्यक्षमा ६५ जना, महिला सदस्यमा ५३ जना, दलित महिला सदस्यमा ४३ जना र खुल्ला सदस्य–२ मा ११८ जनाको उम्मेदवारी परेको छ ।

कावासोती नगरपालिकामा मेयरमा १५ जना, उपमेयरमा ७ जना, वडाध्यक्षमा ७२ जना, महिला सदस्यमा ५६ जना, दलित महिला सदस्यमा ४७ जना र खुल्ला सदस्य–२ मा १३५ जनाको उम्मेदवारी परेको छ ।

मध्यविन्दु नगरपालिकामा मेयरमा १० जना, उपमेयरमा ७ जना, वडाध्यक्षमा ५४ जना, महिला सदस्यमा ३९ जना, दलित महिला सदस्यमा ३५ जना र खुल्ला सदस्य–२ मा ९८ जनाको उम्मेदवारी परेको छ ।

देवचुली नगरपालिकामा मेयरमा ९ जना, उपमेयरमा ८ जना, वडाध्यक्षमा ७५ जना, महिला सदस्यमा ५३ जना, दलित महिला सदस्यमा ४३ जना र खुल्ला सदस्य–२ मा १२३ जनाको उम्मेदवारी परेको छ ।

बौदीकाली गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा १३ जना, महिला सदस्यमा १३ जना, दलित महिला सदस्यमा १३ जना र खुल्ला सदस्य–२ मा २६ जनाको उम्मेदवारी परेको छ ।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्षमा १० जना, उपाध्यक्षमा ८ जना, वडाध्यक्षमा ४० जना, महिला सदस्यमा २२ जना, दलित महिला सदस्यमा २१ जना र खुल्ला सदस्य–२ मा ५३ जनाको उम्मेदवारी परेको छ ।

हुप्सेकोट गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा १७ जना, दलित महिला सदस्यमा १६ जना र खुल्ला सदस्य–२ मा ३७ जनाको उम्मेदवारी परेको छ ।

बुलिङटार गाउँपालिका अध्यक्षमा ४ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा १५ जना, महिला सदस्यमा १५ जना, दलित महिला सदस्यमा १४ जना र खुल्ला सदस्य–२ मा २९ जनाको उम्मेदवारी परेको छ ।

सबै पदमा गरी गैँडाकोटमा २९१, कावासोतीमा ३३२, मध्यविन्दुमा २४३, देवचुलीमा ३११, बौदीकालीमा ७३, विनयी त्रिवेणीमा १५४, हुप्सेकोटमा १०१ र बुलिङटारमा ८१ जनाको उम्मेदवारी परेको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट