Search
Close this search box.

सत्ता गठबन्धनको निर्णय : एमालेसँगको तालमेल खारेज, बागी उम्मेदवारी फिर्ता गराउने

काठमाडौं,१४ वैशाख ।

सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । यस्तै बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले संग भएको तालमेल खारेज गर्ने पनि निर्णय भएको छ । बैठकले गठबन्धनभित्रका कुनै पनि दलबाहेक अरु संग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान