काँग्रेसका बागीलाई मिलाउन बालकृष्ण आए भरतपुर

भरतपुर, १४ वैशाख । चितवनको भरतपुरमा नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएकालाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूतका रूपमा पठाएका छन्। खाण बुधबार दिउँसो भरतपुर आइपुगेका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए। उनले बागीलाई मिलाउन कुनै प्याकेज नल्याएको तर मन लिएर आएको बताउँदै त्यही मनले बागीहरूलाई सम्झाउने बताए । बागी उम्मेदवारी दिएकाहरूले केन्द्रको निर्णय मान्ने उनको भनाइ थियो ।

सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन्। कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले पनि मेयरमा उम्मेदवारी दिएका छन्।

आफ्नी छोरी मेयर उम्मेदवार बनेको ठाउँमा कांग्रेसले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सुटुक्क चितवन पुगेका थिए। भरतपुरमा उनले चितवन कांग्रेस सभापति राजेश्वर खनाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई भेटेका थिए। चितवनबाट फर्किएपछि प्रचण्डले कांग्रेस सभापति देउवालाई घटनाक्रमबारे बताएका थिए।

देउवाले बागी उम्मेदवार मिलाउन बुधबार आफ्ना दूतका रूपमा खाणलाई भरतपुर पठाएका हुन्।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान