चितवन, १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले आफुले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।
उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन आएका छन् । तर पौडैलले भने सबैसंग उम्मेदवारी फिर्ता गर्न कुनै सम्भव नभएको बताएका हुन् ।
पौडेलले बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए । आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनको भनाई थियो ।