विजय सामुदायिक शिक्षा सदनको परीक्षाफल सार्वजनिक

गैँडाकोट, १६ वैशाख । गैँडाकोट नगरपालिका–५ मा रहेको विजय सामुदायिक शिक्षा सदनले शुक्रबार वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ ।

वार्षिक परीक्षाफल सार्वजनिक कार्यक्रममा विभिन्न कक्षाका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परमेश आचार्य, निवर्तमान अध्यक्ष टीकाराम कँडेल, सदस्य हरिबहादुर कुँवर, शिक्षक तथा अभिभावक संघका अध्यक्ष प्रेमप्रसाद सापकोटाले बोलेका थिए ।

विद्यालयकी प्राचार्य रेखा श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्दै परीक्षाफलको समीक्षा गरेकी थिइन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान