विपी नगरवनलाई पर्यटकीय केन्द्र बनाउँछु :थापा

भरतपुर, २३ वैशाख । नेकपा (एमाले) बाट भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्षका उमेदवार विकास थापाले विपी नगर वनलाई ब्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । नारायणी पुलवाट करिव एक किलोमिटर दक्षिणतर्फ रहेको नदी बीचको टापु जङ्गललाई ब्यवस्थित गरि महानगरकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘कतिपय रुखहरु समेत कटान भई वनक्षेत्र झाडिमय छ, ठूला रुखको संरक्षण गर्दै बायाँ तर्फको भङ्गालोलाई तालमा परिणत गरि नौका विहारको सेवा दिन सकिन्छ । वनमा गैंडा समेत देख्न पाईन्छ । तर बिपी नगर वनको ब्यवस्थित संरक्षण हुन सकेको छैन । अध्यक्ष भए पश्चात यसलाई ब्यवस्थित गर्ने योजना बनाएको छु’, थापाले भने ।

भरतपुर–३ मा नारायणगढ बजारको पुल्चोक, शहिदचोक, लायन्सचोक, बेलचोक, बारघरे लगायतका स्थान पर्दछन् । ढल निकास सहितको सडकको स्तरोन्नती, पुंगि खोलाको संरक्षण, नहर छेउमा आईटि पार्क, स्थानीय ब्यवसायीको हकहित प्रवद्र्धन लगायत विभिन्न एजेन्डा रहेको उनले बताए ।

ट्राफिक ब्यवस्थापन, सिसिटिभि जडान, स्मार्ट सडक बत्ती र फोहोर ब्यवस्थापनका बिषयमा पनि स्पष्ट कार्ययोजना रहेको उनले जानकारी दिए । थापा स्थानीय जनता माझ लोकप्रिय छन् । समाजमा पर्ने हरेक किसिमका समस्याहरुको सामाधानमा उनले अगुवाको भुमिका खेल्दै आएका छन् । थापा नजन्मिदै २०२२ सालमा उनको परिवार गोरखाबाट चितवन बसाइँसरी आएको हो । आफू भिमसेन थापाको नवौ पुस्ताको सन्तान रहेको थापाले सुनाए ।

‘मसँग वडाको बिकास र समृद्धिका योजना कार्यान्वयन गर्ने उर्जा र हिम्मत छ । अध्यक्ष पदमा बिजयी गराईदिन सम्पूर्ण वडावासीमा अपिल गर्दछु’, उनले भने । ४४ वर्षीय थापाले समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको दुई कार्यकाल सदस्य, भगवती टोल सुधार समितिको सल्लाहकार, लायन्स क्लव अफ चितवन गोल्डेनको अध्यक्ष लगायतका सामाजिक भुमिका निभाएको अनुभव पनि उनीसँग छ ।

एमालेका उमेदवार थापाका मुल प्रतिस्पर्धी कांग्रेसका भरतप्रसाद लामिछाने देखिन्छन् । तर, कांग्रेसकै तारामित्र पण्डित अध्यक्षका वागी उमेदवार रहेकाले थापा ‘सहज जोन’मा रहेको स्थानीयको बुझाई छ । वडामा चार हजार ९११ जना मतदाता रहेका छन् ।
आफुलाई सबै राजनीतिक आस्थाका मतदाताले भोट दिने थापाले बिश्वास ब्यक्त गरे । एमालेबाट वडा सदस्यहरुमा कमलादेवी बोलखे, कृति रिमाल, महेन्द्र तिवारी र शुक्रमान लामाको उमेदवारी छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान