क्युबाको होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

काठमाडौं, २४ वैशाख । मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।

‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा भने । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।

विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट