मध्यविन्दु नगरपालिकाका नगरप्रमुख अधिकारीले गरे १०० दिनमा गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी

पबित्रा पराजुली  ।

१३ भदौ, नवलपुर

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ ।

नगरप्रमुख अधिकारीले  पदभार ग्रहणको १०० दिनमा गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हो ।

उहाँले सुरुवातमा नै सामुदायिक विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्मका विद्याथीलाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने, अरुणखोलामा रहेको नयाँ बेलहानी स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टरको स्थापना गर्न आवश्यक पर्ने बजेट विनियोजन गरेको बताउनुभएको छ  ।

मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गर्दै गर्दा सरोकारवालाहरुको राय सुझाव संकलन गरी प्रत्येक वस्ती टोलमा आवश्यक कार्यक्रमहरु एवम माग संकलन गरिएको बताउनुभयो ।

नगरले आ.व ७९,८० का लागी एक अरव चार करोड ६ लाख ८३ हजारको बजेट पास गरिएको बताउँदै प्रहरी ऐन , खेलकुद विकास,विषयगत समिति , आप्रवासन समबन्धी कार्यविधि  ,टोल विकास संस्था परिचालन , नगर अस्पतालको स्थापना र सञ्चालन  गरिने बताउनुभयो ।

नगरपालिकाले नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिएको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाचँ गरिएको  बताउनुभयो ।

नगरपालिकाले अवैध रुपमा उत्खन्न गरिएको बस्तुलाई प्रहरीको रोहबरमा नियन्त्रण गर्ने कार्य जारी रहेको बताउनुभयो ।

शिक्षा , स्वास्थ्य , रोजगारको विषयमा आफु गम्भीर भएको बताउनुभयो ।

विदेशको अनुभव स्वदेशको पौरख नीति अनुरुप  रिटर्नी युवा र नगरपालिकाबीच युवा उद्घमशिलताको गोष्ठी सम्पन्न गरिएको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकालाई खादामुक्त नगरपालिका घोषणा गरेको नगरप्रमुख अधिकारीले पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराउनुभयो ।

अब कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगरी फुलमालाको प्रयोग गरी संस्कृतिको संरक्षण गर्न अपिल समेत गर्नुभएको छ ।

नगरपालिकालाई सरसफाईयुक्त नगरपालिका बनाउनका निमित्त सबै वडामा कार्यक्रम गरिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले आफु निर्वाचित भएको १०० दिनमा विशेषत शिक्षा , स्वास्थ्य , सरसफाई , प्रहरीसगँको साझेदारी , गाउँटोलमा समिति गठन गर्ने प्रकियालाई समेटेको बताउनुभयो ।

अधिकारीले नगर शैक्षिक सुधार कार्यक्रम , घर पहिलो पाठशालाको रुपमा असल अभिभावक , मेरो गुरु दक्ष गरु , हरित विद्यालय , मध्यविन्दु उच्च शिक्षा छात्रवृति , एक वडा एक व्यवस्थित खेलमैदान , घरमा शुन्य सुत्केरी , एक सामुदायिक वन  एक बनबाटिका लगायत थुप्रै कार्यक्रमहरु चरणमा रहेको बताउनुभयो ।

आ.व. ७९,८० को बजेट अन्तगर्तको गौरवको आयोजना मा स्वीकृत भएका नगर गौरवको आयोजना अन्तर्गत अरुणखोला र गिरुवारी ,खोलाको करिडोर निर्माण , सेहरी भुताहा , नन्दपुर , रतनपुर हुँदै बह्रमस्थानसम्म पर्यटकीय मार्ग निर्माण , शहिद हरि स्मृति तम्सरीया मैनाघाट , हुप्सेकोट , झिरुवास, पाल्पा हुँदै पोखरा जोड्ने  सडक , मध्यविन्दु  ७ मा  बहुद्देशीय भवन निर्माण , अरुणखोला रातामाटा हुँदै द्धारी सडक , मध्यविन्दु नगर अस्पताल , मध्यविन्दु चक्रपथ ,  मध्यविन्दु स्तम्भ रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला भरीका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट