Search
Close this search box.

नेपाल पत्रकार महासंघ नवलपुरको भवन शिलान्यास

भाद्र १५, कावासोती 

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको भवन शिलान्यास गरिएको छ ।

बुधबार एक कार्यक्रमबा बीच गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले भवन शिलान्यास गर्नुभएको हो । शिलान्यास पछि कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले अध्यादेश मार्फत केही विद्येयक ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले सञ्चार विद्येयक समेत प्रदेश सरकारले अध्यादेश मार्फत ल्याउने तयारी गरेको बताउँदै प्रेस स्वतन्त्रता हनन नहुने गरि विद्येयक ल्याउने बताउनुभयो । उहाँले अधिवेशनमा नै केही विद्येयक ल्याउने तयारी गरे पनि नसकिएको कारण अध्यादेशका रुपमा ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो वा त्यो बहानामा पत्रकार माथि कुनै पनि अंकुश नलगाउने किसिमको ऐन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामिले पूर्ण प्रेस स्वतन्त्रता कायम राखेर ऐन ल्याउनेछौँ । ’ उहाँले महासङ्घको भवन निर्माणका लागि बजेट र आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भवन निर्माण गर्नु मात्रै ठूलो कुरा नभई छाता सङ्गठनका रुपमा रहेको महासङ्घले सबैलाई समेटेर सबैको अपनत्व हुने गरि काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , विष्णु प्रसाद लामिछाने , ओमकला गौतम , नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोख्रेल , जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा , कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसाल , मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी , देवचुली नगर प्रमुख हरि प्रसाद न्यौपाने , विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरी , हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे , मुख्य मन्त्री कार्यालयका सचिव मनमाया पंगेनी , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दीपक भट्टराई , नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिशि, नेकपा एमाले जिल्ला कमिटी उपसचिव भिमलाल कडेल , माओवादी केन्द्र जिल्ला सचिव शुस्मा खनाल , प्रेस चौतारी केन्द्रिय सदस्य हिमालदेव पंगेनी , प्रेस युनियन केन्द्रिय सदस्य घनश्याम बगाले , प्रेस चौतारी जिल्ला अध्यक्ष शालिकराम कोइराला लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुभएका वक्ताहरूले महासङ्घको भवन निर्माणका लागि आफ्नो तर्फबाट साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । जिल्लाको नमुना सदरमुकाम स्थलमा नेपाल पत्रकार महासङ्घको भवन शिलान्यास हुने दिन ऐतिहासिक दिन रहेको जनाउँदै समयमै भवन निर्माण होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नमुना सदरमुकाम स्थल वडा नं. ३ को नव निर्मित भवन स्थल नजिकै नेपाल पत्रकार महासंघ नवलपुर शाखाको भवन निर्माण हुन लागेको हो ।

प्रदेश सरकारबाट बिनियोजित बजेटले पर्खाल लगाउने काम सम्पन्न भएको छ । महासङ्घको भवन निर्माणका लागि जिल्लाका विभिन्न स्थानीय तहले बजेट समेत बिनियोजन गरेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीको जित

चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युटको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग

जयश्री बनमा भिम बहादुर कुमालको नेतृत्व

बिश्व एड्स दिवसको विशेष अवसर पारेर रत्नराज्य लक्ष्मी माबि पितौजीमा सचेतनामुलक नाटक प्रस्तुत

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु