मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ । विशेष गरि रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको हो ।
सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू आफ्नो अमुल्य समय दैनिकरुपमा आवश्यक्ता भन्दा बढि खर्चिरहेका छन् ।अझ दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल प्राय बिर्सिदैनन् ।
टिकटक, फेसबुक र युट्युब जस्ता सामाजिक संजालमा गरिने स्क्रोलिङ केही मिनेट भन्दा पनि धेरै घण्टासम्म चल्छ । यसले निद्रामा असर गर्छ र उनीहरु अन्य रोगको सिकार हुन्छन्।
रातको समयमा फोन चलाउने यो बानिलाई रिभेन्ज बेड टाइम प्रोक्रस्टिनेसन भनिन्छ । केही अध्ययनहरूले पत्ता लगाएका छन् कि निकै राती सम्म मोबाईल हेरेर ढिलो सुत्दा उच्च रक्तचाप, मधुमेह, हृदय समस्या, साथै तौल बढ्ने र डिप्रेसन हुन सक्छ ।
सबै कुरा थाहा हुँदाहुँदै पनि युवाहरू सुत्नुको सट्टा मोबाइल चलाउनाले यो अवस्था चिन्ताजनक रहेको एक अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । यस समस्याबाट छुटकारा पाउनको लागि स्क्रिन समय कम गर्न जरुरी छ ।
वैज्ञानिकहरूले स्क्रिनको लतबाट टाढा रहनको लागि राती आफ्नो मनपर्ने कार्यक्रमहरू नहेर्न सुझाव दिन्छन् ।
यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ । केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ । सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस् । यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ ।