मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

चितवन ।

पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गरिएको छ ।शनिबार मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभयो । अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताउनुभयो ।

सर्भे रिपोर्ट आएपछि नागरिक उड्ययन प्राधिकरणले छिट्टै टेण्डरको प्रक्रिया अघि बढाईने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । ‘स्तरोन्नतीको प्रक्रिया सुरु भइसकेको छ । फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पुरा गरेर टेण्डर निकाल्छौं, यो विमानस्थल अब पुनः चल्छ’–महानिर्देशक अधिकारीले भन्नुभयो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस विमानस्थल स्तरोन्नती गर्नका लागि महानगर लागि परेको जानकारी दिनुभयो । उनले यस विमानस्थल संचालनमा आएलगत्तै यस क्षेत्रको विकास हुने भन्दै यो प्रक्रियालाई छिट्टै अघि बढाउन आग्रह गर्नुभयो ।

परम्परागत ढङ्गबाट गरिने सर्भे भन्दा ‘टोपोग्राफी सर्भे’ १० दिन छिटो रिर्पोट आउछ । यो सबै डिजिपीएस प्रविधि र ड्रोनबाट नक्साङकन गरेपछि काम गर्न सहज हुने र फिल्ड गईरहनुपर्ने समस्या नहुने सर्भेकर्ताहरु बताउँछन् । यही सर्भेको आधारमा फिल्डको सतह, ड्रेन निर्माण लगायत प्राविधिक विषयलाई सहज ढङगबाट मापन गर्न सकिने भएकाले बहुउपयोगी मानिएको छ ।

अहिले धावनमार्ग घाँसेमैदान रहेको छ । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसपश्चात एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराईएको थियो ।भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ । हाल यस विमानस्थलको लम्बाइ एक हजार मिटर छ । यस विमानस्थल भने कुल २३ बिघा क्षेत्रमा फैलिएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट