टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङका केसीको मृत्यु

दाङ, १९ भदौ ।

दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेका थिए ।

शनिबार उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो। जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।

नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए। घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ।भिरबाट लडेर घाइते भएका उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट