Search
Close this search box.

२०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने रास्वपा अध्यक्ष लामिछानेको दाबी

४ साउन, चितवन

२०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामिछानेले दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् । रास्वपा अध्यक्ष सँगै चितवन २ का सांसद समेत रहेका लामिछानेले बजेटमाथि राज्य शक्तिको चरम दुरुपयोग भएको आरोप लगाएका छन् ।

एक कार्यक्रमका बीच उनले भने ‘बजेटमाथि शक्तिको कतिधेरै दुरुपयोग हुन्छ तपाईहरुले देख्नुभएकै छ । केहि छैन, चितवनले परिर्तनको घण्टी बजाइसकेको छ । चितवनले २०८४ सम्म निरन्तर घण्टी बजाउनेछ । त्यसपछि तपाई हामीले सोचेको जस्तो सरकार बन्ने छ’ ।

आफुले यो वर्षलाई योजना वर्षका रुपमा लिएको भन्दै उनले संघीय सांसदको जिम्मेवारी नीति निर्माण गर्ने तहमा हुने बताए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान