जनमत पार्टीद्धारा ५ नेतालाई साधारणसदस्य समेत नरहनेगरी कारबाही

४ साउन, काठमाडौं

विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै जनमत पार्टीले पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादव परेका छन् । जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले उनीहरुलाई कारबाही गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपककुमार साहले विज्ञप्ति मार्फत् जनाएका हुन् ।

कारबाहीमा परेका कुशवाहा भने बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट