Search
Close this search box.

जयश्री सामुदायिक बन गैंडाकोटद्धारा २ सय बिरुवा वृक्षारोपण

साउन ५, गैंडाकोट

जयश्री सामुदायिक बन गैंडाकोटले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार २ सय बिरुवा रोपेको छ । गैंडाकोट ३ मा रहेको होमनाथ वातावरणमैत्रि उद्यानमा परिसरमा वनले सुपारी, नरिवल, मौसम, लिल्छि, सुनकौलि, धुपि,आँप फुल लगाएको बिरुवा रोपेको जयश्री सामुदायिक वनका सचिव एवं कार्यक्रमका सहजकर्ता गिता तिवारीले जानकारी दिनुभयो ।

जयश्री वनका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष टोलनाथ घिमिरेले पानीको अभावका कारण बिरुवा संरक्षणमा चुनौति बनेको बताउनुभयो । जयश्री बनले उत्पादन गरेको जडिबुटी वनमा नै खेर गई रहेको तर बजार अभावका कारण प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । यसका लागि कसरी बजारिकरण गरि आर्थिक उपार्जनसँग जोड्न सकिन्छ त्यस बारेमा सबै सरोकारवालाहरुले ध्यान पुर्याउन पर्ने बताउनुभयो ।

वुक्षारोपण कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जलवायु परिवर्तनलाई कम गर्न बृक्षारोपणले धेरै टेवा पुर्याउने भएकाले यसमा सबै लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय जलबायु परिवर्तनका कारण धेरै परिवर्तन आएको बताउनुभयो । जसका कारण बाढी, पहिरो, खडेरी, भूक्षय आदिको जोखिम बढिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले रोपेको बिरुवा लाई संरक्षण गर्न र त्यसलाई प्रयोगमा ल्याउन सक्ने गरि काम गर्न आग्रह गर्नुभएको छ । नगरपालिकाको पछिल्लो नीति अनुसार एकघर एक बिरुवाको अभियान चलाउन पनि सुझाव दिनुभएको छ ।

सव डिभिजन वन कार्यलय गैंडाकोटका प्रमुख सुर्यसिह गुरुङले गतबर्ष बाट बहुबर्षिय बिरुवामा जोड दिएको बताउनुभयो । यसबर्ष १५ हजार जडिबुटीको बिरुवा उत्पादन गरेको बताउनुभयो । जडिबुटी सरक्षणमा पनि काम गर्न आग्रह गर्नुभएको छ । बृक्षारोपणमा लागेको खर्च र त्यसले दिने नतिजामा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले पछिल्लो समय भूमिगत पानीको सतह घट्दै गईरहेको ले यसलाई रोक्न स्थानीय सरकारले स्पष्ट नीति ल्याई काम गर्नुपर्ने बताउनुभयो । जथाभावी बोरिङ्ग गाड्न दिदा खानीपानि संस्थाको मुहानको क्षमतामा कमि आएको बताउनुभयो । जसका लागि सिमसार क्षेत्रहरु निर्माण गरि पानि रिचार्जका लागि ठोस कार्यक्रमहरु ल्याउन पर्ने बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय गैंडाकोटका सहायक प्रहरी निरिक्षक मोहन थापा, जयश्री सामुदायिक वनका सल्लाहकार ऋषिराम घिमिरे, नन्दन सामुदायिक वनका अध्यक्ष वालकृष्ण गौडेल, जयश्री सामुदायिक वनका लेखा समिति सयोजक बिष्णुप्रसाद सापकोटा आदिले वृक्षारोपणको महत्वमा केन्द्रित रहेर मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य जयश्री वनका कोषाध्यक्ष मीन बहादुर अधिकारीले राख्नु भएको थियो ।

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान