Search
Close this search box.

जनकपुरमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित, चिकित्सकहरु अस्पताल छाडेर भागे

साउन ६, जनकपुर

जनकपुरको सुरक्षा अस्पतालमा चिकित्सकको लापरवाहीले एक महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन् । आन्दोलन पश्चात चिकित्सकहरु भने अस्पताल छाडेर भागेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । सोनियालाई पाठेघरको शल्यक्रियाका आफन्तले बुधवार भर्ना गराएका थिए । सोही दिन चिकित्सकले उनको शल्यक्रिया गरे तर दुई दिनपछि शुक्रबार दिउँसो उनको मृत्यु भयो । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले सोनियाको मृत्यु भएको उनका भाई उदयकुमार साहले आरोप लगाएका छन् ।

‘दिदीको अबस्था बिग्रिन थालेपछि अस्पतालबाट हामीलाई नसोधी बाहिर लग्न खोजेको थियो’, उदयले भने, ‘हामीलाई त्यतिबेला नै शंका लाग्यो । त्यसपछि हामीले रोकेर हेर्न खोज्दा मृत्यु भइसकेको थियो ।’

सोनियाको मृत्युपछि शुक्रवार मध्यान्हदेखि नै आफ्न्तहरु अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरु सडक समेत अबरुद्ध पारेका थिए । त्यसपछि सुरक्षाकर्मी पुगेर अबस्था सामान्य बनाएको थियो ।

प्रदर्शन भइरहेकै बेला अस्पतालमा उपचाररत सबै विरामी छाडेर चिकत्सकसहितका कर्मचारी भागेका छन् । मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । शुक्रवार राति करिब ८ बजे प्रहरीले मृतकको शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याए ।

धनुषाका प्रमुख प्रमुख एसपी विश्वराज खड्काले चिकित्सकहरु भागेपछि विरामीहरुलाई अन्यत्र सारेर अस्पतालमा तालाबन्दी गरेको जानकारी दिए ।
रातिदेखि नै अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पीडितहरुले लापरवाही गर्ने चिकित्सक र अस्पताल संचालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीको जित

चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युटको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग

जयश्री बनमा भिम बहादुर कुमालको नेतृत्व

बिश्व एड्स दिवसको विशेष अवसर पारेर रत्नराज्य लक्ष्मी माबि पितौजीमा सचेतनामुलक नाटक प्रस्तुत

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु