साउन ६, सुर्खेत
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अहिलेसम्म आगजनी कसले किन ग¥यो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन ।
एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।